Notice: Undefined variable: KOlHZTHquY in /home/blockchain/public_html/wp-includes/class-wp-meta-query.php on line 1

Notice: Undefined variable: wvfAEwVf in /home/blockchain/public_html/wp-includes/class-wp-theme.php on line 1

Notice: Undefined variable: RgQmtq in /home/blockchain/public_html/wp-includes/block-template-utils.php on line 1
भदौ ३१ गते हुने ‘नेपाल ब्लकचेन कन्क्लेभ’का लागि रजिस्ट्रेसन खुल्यो - Nepal Blockchain Conclave

भदौ ३१ गते हुने ‘नेपाल ब्लकचेन कन्क्लेभ’का लागि रजिस्ट्रेसन खुल्यो

काठमाडौँ — कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान) को आयोजनामा आगामी भदौ ३१ गते हुने ‘नेपाल ब्लकचेन कन्क्लेभ’का लागि रजिस्ट्रेसन खुला गरिएको छ । महासंघले कार्यक्रममा सहभागी हुन इच्छुकका लागि बिहीबारदेखि रजिस्ट्रेसन खुला गरेको हो ।

‘नेपाल ब्लकचेन कन्क्लेभको वेबसाइटमा गएर कार्यक्रममा लागि रजिस्ट्रेसन गर्न सकिन्छ’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘यसअन्तर्गत विद्यार्थीका लागि पाँच हजार र कर्पोरेटका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको छ ।’

ब्लकचेन प्रविधिबारे सचेतना, प्रोत्साहन तथा प्रवर्द्धन गर्न सरोकारवालाबीच एकै छातामुनि वृहत अन्तर्क्रिया एवम् सहकार्य गर्ने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको कन्क्लेभ हुन लागेको महासंघको भनाइ छ । कन्क्लेभको सहआयोजकमा क्लब बी बिजनेस टेक्नोलोजी रहेको छ भने कम्युनिटी पार्टनरमा ब्लकचेन कम्युनिटी नेपाल रहेको छ ।

कन्क्लेभमा विभिन्न ६ देशबाट की नोट स्पिकर (प्रमुख वक्ता) आउने तय भएको छ । त्यस्तै कन्क्लेभमा नियामक नेपाल राष्ट बैंकसहित प्रमुख बैंक तथा वित्तीय संस्था, नेपाली तथा अन्तर्राष्ट्रय ब्ल्कचेन कम्पनी, फिनटेक कम्पनीहरू, विज्ञ, प्रविधि व्यवसायी, शिक्षण संस्था, नीति निर्माता तथा नेपाल सरकारका विभिन्न निकायको सहभागिता रहने कन्क्लेभका संयोजक तथा क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताए ।

Source: ekantipur.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Most Recent Posts

Join the Conclave

Discover the future at Nepal Blockchain Conclave 2023. Explore innovative applications, network with experts, and join the conversation shaping the transformative potential of blockchain technology.

The Nepal Blockchain Conclave will bring together various stakeholders, including blockchain experts, companies, academics, policy makers and government officials, to share their insights and experiences on how blockchain technology can transform different sectors and industries.

Contact

Organizers

© 2023 CAN Federation & Clock b Business Technology